स्वास्थ्यकर्मीले बिदा लिन नपाउने-Sutra News

स्वास्थ्यकर्मीले बिदा लिन नपाउने

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडौं- सरकारले स्वास्थ्यकर्मी र चिकित्सकलाई लामो बिदा नदिने निर्णय गरेको छ ।



कोभिड-१९ को दोस्रो लहरको जोखिमको कारण स्वास्थ्य संस्था तथा अस्पतालमा सेवा लिन आउने बिरामीको प्रभावकारी उपचारमा खट्न निर्देशन दिँदै सरकारले उक्त निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुनसमेत निर्देशन दिएको छ ।

कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने पनि बैठकको निर्णय छ ।

अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति परिपुर्ति गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसका लागि ६ महिनाको करारमा कर्मचारी लिने व्यवस्था मिलाइने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट