काठमाडौंमा डिपार्टमेन्ट स्टोर पनि बिहान र साँझ मात्र खोल्न पाइने [सूचनासहित]-Sutra News

काठमाडौंमा डिपार्टमेन्ट स्टोर पनि बिहान र साँझ मात्र खोल्न पाइने [सूचनासहित]

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडौं- बिहीबारदेखि काठमाडौं उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञामा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने भएको छ ।



जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार नयाँ सूचना जारी गरी विहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने उल्लेख गरेको छ ।

सोमबारको सूचनामा १० बजेदेखि ५ बजेसम्म डिपार्टमेन्ट स्टोरको ग्रोसरी सञ्चालन हुने उल्लेख थियो । अन्य खाद्य पसल र डिपार्टमेन्ट स्टोरलाई फरक फरक नियम भएपछि संशोधन भएको हो ।

विवाह व्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी ब्यानर टाँसेर दुई वटासम्म सवारी प्रयोग गर्न अनुमति दिएको छ ।

तर, पार्टी प्यालेस प्रयोग गर्न भने जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने भएको छ ।

cdo.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट