चीनले ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री नेपाललाई दिने-Sutra News

चीनले ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री नेपाललाई दिने

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताए ।



अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई आज सम्बोधन गर्दै उनले कोभिड-१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताए ।

सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा सहभागी मन्त्रीले कोभिड-१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट