कोरोनाबाट बाँकेमा आठको मृत्यु-Sutra News

कोरोनाबाट बाँकेमा आठको मृत्यु

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

बाँके- कोरोना भाइरस संक्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ ।



यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् ।

त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक÷एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।

योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको संख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट