डडेल्धुरामा भारतबाट आएका संक्रमित युवकको उपचार क्रममा मृत्यु-Sutra News

डडेल्धुरामा भारतबाट आएका संक्रमित युवकको उपचार क्रममा मृत्यु

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

डडेल्धुरा अस्पतालमा कोभिड संक्रमणका कारण उपचाररत एक युवकको मृत्यु भएको छ।



अस्पतालको आइसियूमा उपचाररत बैतडी दशथचन्द नगरपालिका ९ का अन्दाजी ३२ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।

उनको मंगलबार राति उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। बैशाख ११ गते बैतडीबाट उनलाई रेफर गरिएको थियो। उनी हालै भारतबाट आएको बुझिएको छ।

बैतडीको शव भएकाले त्यहाँका स्थानीय तहलाई जिम्मा लगाउने समन्वय भइरहेको छ।

आफन्तले शवलाई लगेर दाहासंस्कार गर्ने सरकारी नियम छ। तर आफन्तले नलग्ने भनेमा डडेल्धुरामै सेनाले व्यवस्थापन गर्ने सेना स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट