गण्डकी प्रदेश सभा सदस्यलाई कोरोना, सरकारविरुद्ध अविश्वास प्रस्तावमाथिको मतदान प्रभावित!-Sutra News

गण्डकी प्रदेश सभा सदस्यलाई कोरोना, सरकारविरुद्ध अविश्वास प्रस्तावमाथिको मतदान प्रभावित!

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडाैं – गण्डकी प्रदेशका सबै प्रदेश सभा सदस्यको कोरोना परीक्षण रिपोर्ट आएको छ। तर रिपोर्ट आज १० बजेपछि मात्रै सार्वजनिक गरिने छ।



प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक विनोदविन्दु शर्माका अनुुसार मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिएका सबै प्रदेश सभा सदस्यको रिपोर्ट आइसकेको छ।

‘सबै माननीयज्यूको रिपोर्ट आइसकेको छ। केहीलाई कोरोना देखिएको छ’, उनले भने, ‘ककस्को पोजेटिभ र नेगेटिभ आयो १० बजेपछि आधिकारिक रूपमा सार्वजनिक गर्छाैं’, उनले भने।

हिजो (मंगलबार) मात्र सत्तापक्षका सांसदहरूले सबै प्रदेश सभा सदस्यको कोरोना परीक्षण गराएरै मात्र बैठक राख्नुपर्ने माग गरेका थिए। 

बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले यस्तो माग गरेपछि सत्तापक्षका अरू सांसदले पनि उनको प्रस्तावप्रति सहमति जनाएका थिए।

पिसिआर परीक्षण माग गर्दै उनीहरूले बैठक अवरुद्ध पारेका थिए। सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरे पनि एमाले सांसदले बस्न नमानेपछि बैठक २० मिनेटका लागि बैठक स्थगित भएको सूचना दिएका थिए।

त्यसपछि बैठक आज दिउँसो १ बजे सम्मका लागि सभामुखले स्थगित गरेका थिए। 

आजै दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने छ। आजको बैठकबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वास प्रस्तावमाथि मतदान हुनेछ। 

बैठकमा आज बाँकी सांसदले धारणा राख्ने काम सकिएपछि मतदान हुनेछ। सांसदहरूको बोल्ने क्रम छोट्याएर मतदान तयारी हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट