

नोबेल मेडिकल कलेज विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। आज बुधबार झापा र मोरङका दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रबन्धक नारायण दाहालका मोरङ कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। मोरङका संक्रमितम निमोनियाको पुरानो रोग देखिएको थियो। संक्रमति भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो।
त्यसैगरी झापाका संक्रमितमा मधुमेह रोगको समस्या थियो। उनलाई वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो।