काठमाडाैं – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) ले बार्सिलोनाका फरवार्ड तथा कप्तान लियोनल मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउन कसरत गरेको बताएको छ।
पिएसजीले यसै जुन ३० मा बार्सिलोनासँगको मेस्सीको सम्झौताको अन्त्यमा क्याम्प नोउदेखि लोभ्याउन व्याकुल भएको जनाएको छ।
साथै पिएसजीले यस्तो निर्णय गर्न पर्याप्त वित्तीय व्यवस्थालाई मजबुत बनाउन लागिपरेको जनाएको छ।
स्पेनी खेल पत्रिका मार्का लेख्छ – पिएसजीले मेस्सीलाई कम्तीमा दुई वर्ष राख्न खोजेको छ। साथै पिएसजीले यो रकम अन्य क्लबको भन्दा अतुलनीय भएको जनाएको छ।
पिएसजीले भनेको छ– मेस्सीको महत्वाकांक्षा फेरि पनि च्याम्पियन लिग जित्नु हो। गत वर्षको फाइनलमा मेस्सी भइदिएका भए आफूहरूले फाइनल जित्न सक्ने पनि पिएसजीले बताएको छ।