

काठमाडाैं – कोरोनाको दोस्रो लहरको संक्रमणपछि मात्र सर्लाही, बारा, पर्साका गरी वैशाख १५ अर्थात् आजसम्म २० जना संक्रमितको मृत्यु भइसकेको छ।
वीरगन्जको नारायणी र बयोधा अस्पतालमा गरी १९ जनाको मृत्यु भएका छन्। पर्साका एक पुरुषको भने सुरुमा नै भरतपुरमा उपचारका क्रममा निधन भएका अस्पताले जनाएको छ।
मृतक सबैमा कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ।
वीरगन्ज क्षेत्रमा कोरोनाका कारण मृतक बढ्ने क्रम झन् थपिएको छ। बुधबार बिहानसम्म फेरि पर्साको नारायणी अस्पतालमा उपचार गराइरहेकामध्ये २ जना कोरोना संक्रमितको ज्यान गएको हो।