काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गरेका तीन जना मन्त्रीले पुनः शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले प्रदेश प्रमुख गोविन्द कलौनीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका उनीहरूलाई फ्लोर क्रस गरेको भन्दै एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरिसकेको छ ।
पार्टीले निष्कासन गरेपछि उनीहरूलाई स्वतन्त्रको हैसियतमा शपथ गराइएको हो । संविधानअनुससार सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्न सक्नेछन् ।