भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु-Sutra News

भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

नेपालगञ्ज- नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।



नेपालगञ्ज उपमहानगरपालिका-१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका-१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था सामान्य रहेका कारण होम आइसोलेशन बस्दै आएका ६५ वर्षीय पुरुष कोरोनाले च्यापेपछि वैशाख छ गते अस्पताल भर्ना भई उपचार गर्दै गर्दा आज बिहान २ः३० बजे मृत्यु भएको हो ।

यसैगरी, वैशाख ८ गते कोरोना पुष्टि भएकी नेपालगञ्ज उपमहानगरपालिका-१२ निवासी ६५ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा गए राति १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट