कोरोना ग्राफः २४ घण्टामा थपिए ४ हजार ८ सय ९७ संक्रमित-Sutra News

कोरोना ग्राफः २४ घण्टामा थपिए ४ हजार ८ सय ९७ संक्रमित

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढेका छन् । कोरोना ग्राफ उकालो लाग्ने क्रमम पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जना संक्रमित थपिएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १३ हजार ८ सय ७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७ सय ७४ र १ सय २३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

गत २४ घण्टा ७७३ जना निको भएका छन् ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा थप २ हजार ४७ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार ४ सय ६४, ललितपुरमा ३५१ र भक्तपुरमा २४७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट