प्रचण्डकी पत्नीको स्वास्थ्यमा सुधार, छोरीले के भनिन् यस्तो-Sutra News

प्रचण्डकी पत्नीको स्वास्थ्यमा सुधार, छोरीले के भनिन् यस्तो

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शरीरमा सोडियमको मात्रा कमी र पिसावमा इन्फेक्सन भएको छ ।



छोरी गंगा दाहालले आमालाई दुई दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र इन्फेक्सनका कारण अस्पताल भर्ना गर्नुपरेको जनाएकी छन् ।

उनले आमाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भन्दै चासो व्यक्त गरी स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्ने सवैमा आभार र धन्यवाद भनेकी छन् ।

‘आमालाई २ दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ । अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ । चासो व्यक्त गरि स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सबैमा आभार तथा धन्यवाद,’ उनले फेसबुकमार्फत भनेकी छन् । 

gangadahal..JPG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट