काठमाडौं- गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित भएको छ ।
जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना जारी गरेका हुन् ।
गण्डकी प्रदेशसभामा शाहीकोको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको दबाबमा सभामुखले बैठक स्थगित गरेको सत्तारुढ नेकपा एमालेका सांसदहरुको दाबी छ ।