काठमाडौं उपत्यकामा २ हजार ४७ जानमा काेराेना संक्रमण पुष्टि-Sutra News

काठमाडौं उपत्यकामा २ हजार ४७ जानमा काेराेना संक्रमण पुष्टि

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।



स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा २ हजार ४७ जानमा काेराेना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका १४६४ जना, भक्तपुरका २३२ जना र ललितपुरका ३५१ जना रहेका छन् ।

बुधबार मात्रै देशभर थप ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट