बिहानसम्म कोरोना रिपोर्ट नेगेटिभ भएका जनमोर्चाका सांसद् शाही आईसियूमा भेटिए-Sutra News

बिहानसम्म कोरोना रिपोर्ट नेगेटिभ भएका जनमोर्चाका सांसद् शाही आईसियूमा भेटिए

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

पोखरा- राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही कोभिड वार्डको आईसियूमा भेटिएका छन् । उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् ।



उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार विहान अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताएका छन् ।

प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको पोखरेलले बताए ।

‘हामीसँग कोरोनाका ४२ बिरामी छन्, उहाँ पनि एक हो, ’उनले भने ।

गण्डकी प्रदेशको प्रदेशसभाको बुधबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल भएको थियो ।

अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट