हराए भनिएका सांसद पाइयो-Sutra News

हराए भनिएका सांसद पाइयो

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडौं- गण्डकी प्रदेशसभाका सांसद खेमविक्रम शाहीको कोरोना परीक्षण रिपोर्ट दुईथरी आएको छ ।



मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावलाई मतदानमा लैजानुअघि अनुपस्थित सांसद शाहीको सरकारी र निजी स्वास्थ्यसंस्थामा गरिएको कोरोना परीक्षणको रिपोर्ट दुईथरी देखिएको हो ।

पोखरास्थित लाइफ केयर डायग्नोस्टिकमा गरिएको उनको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ भने प्रदेश सरकारअन्तर्गतको गण्डकी स्वास्थ्य निर्देशनालयमा गरिएको परीक्षणमा नेगेटिभ देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बिहान ७ बजे नै नेगेटिभ रिपोर्ट आएको थियो भने लाइफ केयर डायग्नोस्टिकमा गरिएको परीक्षणमा ७ बजेर ३० मिनेटमा आएको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

दिउँसो मतदानको समयमा शाही अनुपस्थित रहेपछि गण्डकी प्रदेशको अंकगणितमा व्यापक हेरफेर आएको थियो ।

मोबाइलमा समेत सम्पर्क गर्न नसकिएका शाहीको अवस्था सार्वजनिक हुनुपर्ने भन्दै जनमोर्चाकी सांसदले निवेदन दिएपछि आजको प्रदेशसभा सूचना टाँस गरेर स्थगित भएको थियो ।

उनका स्वकीय सचिव मिलन हमालले उनी बिरामी भएकाले उपचारका क्रममा अस्पताल भर्ना भएकाले बाह्य सम्पर्क हुन नसकेको बताएका छन् ।

शाहीको पोखरास्थित नागढुंगामा रहेको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

तर, कोरोना परीक्षण रिपोर्ट नेगेटिभ र पोजेटिभ देखिएकाले उनी साँच्चिकै बिरामी नै परेका हुन भन्नेमा प्रदेश सांसदहरुले आशंका व्यक्त गरेका छन् ।

यो पनि

बिहानसम्म कोरोना रिपोर्ट नेगेटिभ भएका जनमोर्चाका सांसद् शाही आईसियूमा भेटिए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट