करेन्ट लागेर दुईजनाको मृत्यु-Sutra News

करेन्ट लागेर दुईजनाको मृत्यु

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडौं- सप्तरीको सुरुङ्गा नगरपालिकामा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ ।



मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-१ बस्ने भगाई सदाईका १६ वर्षीय छोरा रामु सदा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज बेलुका घरमै मोबाइल चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ ।

सो क्रममा बायाँ हातको औँलामा करेन्ट लागेका उनको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सिन्धुलीमा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेको नेपालगञ्ज निवासी अन्दाजी २३ वर्षीय विशाल चौधारीको करेन्ट लागेर मृत्यु भएको हो ।

कमलामाई नगरपालिका-८ करकरेस्थित जङ्गलमा विद्युत् बनाउन खम्बामा चढेका विशाललाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट