

काठमाडाैं – कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमितहरु उल्लेख्य बढेपछि सरकारले आजदेखि वैशाख महिनाभर राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ।
आज विहानबाट सुरु भएको निषेधाज्ञापछि अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्नेछन्। मन्त्रिपरिषदको वैशाख १३ गते बसेको बैठकले १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो।
स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी तथा कर्मचारी, पत्रकार, खाद्य सामग्रीबोकेका सवारी, खाद्य पसलहरु दूध, पानीका सवारीहरु निर्वाध चल्न पाउनेछन्। तर उनीहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको भने हुनुपर्नेछ।