जनमोर्चाले सरकारलाई सोध्यो : शाहीलाई किन बेपत्ता पारियो?-Sutra News

जनमोर्चाले सरकारलाई सोध्यो : शाहीलाई किन बेपत्ता पारियो?

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

काठमाडाैं – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्थाबारे जानकारी गराएको छ।



जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा लेखेकी छन्, ‘गण्डकी प्रदेशमा भएको संसदको गतिविधिलाई लिएर कैयौं प्रश्नहरू उठिरहेका र टिकाटिप्पणी भइरहेका छन्। त्यसबारे राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरिएको छ। गण्डकी प्रदेशको सरकारविरुद्ध आएको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने हाम्रो पार्टीको प्रष्ट र दृढ नीति छ।’

मतदानका बेला सांसद बेपत्ता हुनुलाई उनले अस्वाभाविकका साथै आश्चर्यजनक र दुःखलाग्दो टिप्पणी गरेकी छन्। 

उनले लेखेकी छन् –राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको मतदानको बेलामा भएको अनुपस्थिति रहस्यमय भएको छ। पछि बुझ्दा उहाँलाई पोखराको एउटा अस्पतालमा भर्ना गरिएको र कसैलाई भेट्न पनि नदिइएको कुरा थाहा भएको छ। गण्डकी प्रदेशका सांसदहरूको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो, त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ।’

सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिमा अकस्मात कसरी पोजेटिभ आयो? भन्दै उनले प्रश्नसमेत गरेकी छन्। अस्पताल पुगेका कसैलाई पनि शाहीसँग भेट्न नदिएको जनकारी दिँदै उनले विज्ञप्तिमार्फत आपत्ति जनाइन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट