

काठमाडाैं – कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोककी ४६ वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो।
मंगलबार उपचारका लागि सेती प्रादेशिक अस्पताको इमर्जेन्सी वार्डमा भर्ना गरिएकी उनलाई सुगर र प्रेसरको समस्या थियो।
पिसिआर चेक गर्दा बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएको १२ घण्टा अर्थात बिहीबार बिहान १२ः३० बजेको समयमा उपचारका क्रममा इमर्जेन्सी वार्डमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।