

काठमाडाैं – कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखिएको छ। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई आइसियूमा सारिएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ।
नर्भिक अस्पतालले विज्ञप्ति निकाल्दै भनेको छ – यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वमहारानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ।
उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो। अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य समस्या देखिएको छैन।
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ। पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ। उहाँलाई अक्सिजनको सपोर्ट दिनुपरेको छैन।