

काठमाडाैं – नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानामा पनि कोरोना संक्रमण भएको छ।
आफू संक्रमित भएको उनले ट्विटरमार्फत जनाएका छन्। सावधानी अपनाउँदा र सतर्क रहँदा रहँदै आफू संक्रमित भएको उनले लेखेका छन्।
आफ्नो स्वास्थ्यवस्था ठीक रहेको उनले जानकारी दिएका छन्। साथै उनले समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त? भनी प्रश्नसमेत गरेका छन्।