टिनको बट्टामा ढुंगा हाली तार बाँधेर ‘बम’, सेनाले व्यवस्थापन गर्‍यो-Sutra News

टिनको बट्टामा ढुंगा हाली तार बाँधेर ‘बम’, सेनाले व्यवस्थापन गर्‍यो

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

पूर्वपश्चिम राजमार्गको झापा दमक– ९ स्थित चियादोकान नजिकै फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले व्यवस्थापन गरेको छ।



भित्री सडकमा आज (बिहीबार) टिनको बट्टामा तार बाँधेर सडकमा फालिएको अवस्थामा भेटिएको थियो। तर उक्त बट्टामा ढुंगा पाइएको दमक प्रहरीले जनाएको छ। सेनाको सहयोगमा त्यसलाई व्यवस्थापन गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए।

उनका अनुसार त्यस शंकास्पद बस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ९ बजे हटाएको हो। बिहानै त्यस शंकास्पद बस्तु देखिएपछि त्यस आसपासका बासिन्दा त्रसित भएका थिए।

फेला परेको त्यस शंकास्पद बस्तुमा नेकपा विद्रोही समूहको पर्चा टासिएको र अमेरिकी सहयोग एमसिसीको विरोध गरिएको उल्लेख छ। बम भनेर त्रसित बनाउने समूहको खोजी कार्य भइरहेको कार्कीले बताए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट