आइसीयूमा उपचारत कोमललाई कस्तो छ ?-Sutra News

आइसीयूमा उपचारत कोमललाई कस्तो छ ?

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

काठमाडौं- पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ ।



श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

उनकाअनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार भइरहेको छ ।

‘अक्जिनसको मात्रा कम भएकाले उहाँलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखिएको छ’, उनले भने ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।

उनकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ । केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनीहरु तीनै जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट