काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा चट्याङसहित वर्षा भइरहेको छ ।
स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका तराई र पहाडी भू-भागमा एक दुई स्थानमा मेघगर्जन तथा हावाहुरी सहित क्षणिक वर्षा भइरहेको मौसमविद् मिनकुमार अर्यालले बताए ।
‘अहिले बागमति प्रदेश र गण्डकी प्रदेशको अधिकाशं जिल्लाहरुमा मध्यम वर्षा भइरहेको छ,’ उनले भने, ‘तराईका केही जिल्लाहरुमा पनि पानी पर्न थालिएको छ । सुदूरपश्चिम कर्णाली प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेका छ ।’
प्रि-मनसुन सक्रिय भएकाले अहिले हावाहुरीसहित पानी परिरहेको उनको भनाइ छ । अझै तीन दिन मौसममा सुधार नहुने मौसमविद् अर्यालले बताए ।
तस्बिर: विकास अर्याल/सूत्रन्युज