पछिल्लो २४ घण्टामा झन्डै ५ हजार संक्रमित थपिए, मृत्युदर हालसम्मकै उच्च-Sutra News

पछिल्लो २४ घण्टामा झन्डै ५ हजार संक्रमित थपिए, मृत्युदर हालसम्मकै उच्च

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार १ सय २७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ८ सय ८८ जना निकाे भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ ।

यसैगरी देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ पीसीआर तथा ९६३ एन्टिजेन परीक्षण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट