शुक्रबारबाट अत्यावश्यक सेवाका सवारीसाधनलाई पास नचाहिने-Sutra News

शुक्रबारबाट अत्यावश्यक सेवाका सवारीसाधनलाई पास नचाहिने

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबारदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कामबाहेक सवारी पास जारी नहुने जानकारी गराएको छ ।



बिहीबार सूचना जारी गर्दै प्रशासन कार्यालयले यस्तो जानकारी दिएको हो ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्थाका कर्मचारी र एयरपोर्टमा जाने आउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने समेत जनाएको छ ।

179099390_169926258340399_6534701837904991999_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट