काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले मन्त्री बनेका चार सांसदलाई केन्द्रीय स्तरबाट कुनै कारबाही नगरिएको बताएका छन् ।
लुम्बिनी प्रदेशमा जसपाको प्रदेश समिति गठन नभएकाले प्रदेश संसदीय दललाई नै स्वायत्तता दिइएको बताएका हुन् ।
ठाकुरले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संसदीय दललाई नै स्वायत्तता दिइएकाले केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको जानकारी गराइन्छ ।’
यसअघि बिहीबार नै लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले सूचना प्रकाशित गर्दै सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी दिएका छन् ।