काठमाडौं- सवारी पासबिना गुडेका २ हजार ३९ सवारीसाधन कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा पालना नगर्ने दुई पाग्रे १ हजार दुई सय ८८ सवारी साधन र ५ सय ५१ चार पांग्रे साधन कारबाहीमा परेका हुन् ।
बिहीबारदेखि सुरु निषेधाज्ञालाई पालना गर्न जिल्लाका विभिन्न चोकमा उल्लेख्य मात्रामा ट्राफिक खटिएका छन् ।
महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले निषेधाज्ञा पालना गर्न सबैलाई आग्रह गरेका छन् ।
कोरोना जोखिम न्यूनीकरण गर्न नागरिकको पनि ठूलो भूमिका रहेको भन्दै बिना काममा बिना पास बाहिर हिंडडुल नगर्न प्रमुख भट्टराईले अनुरोध गरे ।
सरकारले उपत्यकाका तीन जिल्लामा दुई साताका लागि निषेधाज्ञा जारी गरेको छ ।