एक सातादेखि बिरामी कालिकामाई गाउँपालिका अध्यक्षको मृत्यु-Sutra News

एक सातादेखि बिरामी कालिकामाई गाउँपालिका अध्यक्षको मृत्यु

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

काठमाडाैं : पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको मृत्यु भएको छ।



केही दिनदेखि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका उनको घरमै उपचार गराउने क्रममा मृत्यु भएको हो। उनका छोरा चिकित्सक भएका कारण कोरोनाको परीक्षण नगराई घरमै राखेर उपचार गराएको गाउँपालिकाले जनाएको छ।

एक हप्तादेखि रुघा, खोकी र ज्वरो आएको अवस्थामा उपचार गराउँदै गर्दा आज बिहान साढे २ बजे मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट