सार्वजनिक स्थानमा कुटपिट गर्ने उर्लाबारीका मेयरका काका-भतिजविरुद्ध मुद्दा-Sutra News

सार्वजनिक स्थानमा कुटपिट गर्ने उर्लाबारीका मेयरका काका-भतिजविरुद्ध मुद्दा

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

काठमाडाैं- मोरङ उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङमा अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ ।



मेयर र उनका उनका भतिजो दुर्गालाई प्रतिवादी बनाएर उर्लाबारी-९ का टंकबहादुर बस्नेतले जाहेरी दिएका हुन् ।

उर्लाबारी-५ घर भएका नगर प्रमुख खड्गबहादुर फागो र उनका भतितज दुर्गाले गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेका थिए ।

‘उर्लाबारी-५ का विष्णुप्रसाद भण्डारीको रोकिएको टहरा संरचनाको विषयमा सहजीकरण गर्न नगरपालिका पुगेका बेला भण्डारीलाई मेयरसहितको टिमले नगरपालिका कार्यालयमा नै कुटपिट गरेको दाबी गदै आएका छन् ।

तर पीडित भनिएका भण्डारीविरुद्ध नै उल्टै मेयर फागोले इलाका प्रहरी कर्याालय उर्लाबारीमा अभद्र व्यवहारमा मुद्दा चलाएका थिए ।

चौध दिन हिरासतमा बसी तीन हजार धरौटीमा छुटे लगतै बस्नेतले मेयर फागो र उनका भतिजोलाई उस्तै कसुरमा जाहेरी दिएका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले फागोका काकाभतिजविरुद्ध जाहेरी नलिएपछि सरकारी वकिल कार्यालयमार्फत जाहेरी दरखास्त दिएको पीडित बस्नेतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट