पूर्वरानीको उपचार प्लाज्मा थेरापीबाट-Sutra News

पूर्वरानीको उपचार प्लाज्मा थेरापीबाट

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

काठमाडौं- पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो ।



नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाकाअनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन ।

उनीहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट