काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीमा भएका राजिव गुरुङ (दीपक मनाङे) उत्तम मन्त्री भएको टिप्पणी गरेक छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
लोहनीले बिहीबार नियुक्त मन्त्री दिपक मनाङेको विगतमा अपराधमा संलग्रताबारे निकै चर्चा रहेको भन्दै मनाङे जनताको प्रिय र उत्तम व्यक्ति भएको उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली र राजिव गुरुङ एउटै तहका उत्तम भएको दाबी गर्दै अब आलोचना गर्ने ठाउँ नभएको बताएका छन् ।