काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड नियन्त्रणका लागि सरकारको भूमिका कमजोर भएको बताएका छन् ।
आफ्नौ निवास बूढानिलकण्ठमा शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै देउवाले सो कुरा बताएका छन् ।
उनले कोरोना संक्रमण बढेको बताउँदै यसको परीक्षण व्यापक बनाउनु पर्ने पनि बताए । सभापति देउवाले कोरोना भाइरसविरुद्धको खोप छिट्टै खरिद गर्न आग्रह गरे ।
उनले लकडाउनका कारण सामाजिक, आर्थिक समस्यामा परेकाहरूलाई सहयोग गर्नुपर्ने बताउँदै कांग्रेसले पनि सहयोग गर्नुपर्ने बताए ।