आफूलाई कोरोना पुष्टि भएपछि प्रकाश सपूतले के भने ?-Sutra News

आफूलाई कोरोना पुष्टि भएपछि प्रकाश सपूतले के भने ?

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

काठमाडौं- गायक प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेजमा नमुना परीक्षणका गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । गायक सपूतले सम्पर्कमा रहेकाहरुले पीसीआर परीक्षण गर्न आग्रह गरे ।



एकदमै शरिर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि पिसिआर टेस्ट गरेको प्रकाश सपूतले बताए ।

उनले भने,‘ मेरो रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’  गायक सपूत अहिले होम आइसोलेशनमा बसेका छन् ।उनले कोरोना भाइरसलाई सामान्य नठान्न समेत आग्रह गरेका छन् ।

सपूतले भने,‘ कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।’

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्नेर गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट