खानेपानी मन्त्रीलाई कोरोना भाइरस संक्रमण पुष्टि-Sutra News

खानेपानी मन्त्रीलाई कोरोना भाइरस संक्रमण पुष्टि

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

काठमाडौं- खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । बिहीबार स्वाबको नमूना परीक्षण गरेको रिपोर्टमा मन्त्री थापामा संक्रमण पुष्टि भएको सचिवालय स्रोतले जानकारी दिएको छ ।



संक्रमित थापाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र उनी घरमै आइसोलेसनमा बसेको बताइएको छ ।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई संक्रमण भएपछि उनीसहित सचिवालयका १० सदस्यको बिहीबार स्वाब संकलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि संक्रमण भएको थियो ।

सचिवालयमा काम गर्ने अरूमा पिसिआर परीक्षण गर्दा कसैलाई संक्रमण देखिएन । संक्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहेको उनका स्वकीय सचिव गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट