काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाले गर्ने भनिएको आर्थिक सहयोग एमसिसी सित्तैमा आएको बताएका छन् ।
आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले बिना ब्याजमा एमसिसीको सहयोग सित्तैमा आएको बताएका हुन् ।
‘एमसिसी मैंले मात्र होइन । बाबुराम, सुशीलको पालादेखिको विषय हो । अमेरिकी यो सहयोगमा ब्याज दिनुपर्ने छैन । सित्तै दिएको सहयोग हो । तर सहयोगमा भ्रम फैलाए’ देउवाले भने, ‘अमेरिकी सेना आउँछ भनेर झुटा प्रचार गरियो । यस्तो केही हुँदैन । यो नचाहिँदो हल्ला हो ।’