सरकारविरुद्ध तत्काल अविश्वास प्रस्ताव ल्याउन सकिदैनः सभापति देउवा-Sutra News

सरकारविरुद्ध तत्काल अविश्वास प्रस्ताव ल्याउन सकिदैनः सभापति देउवा

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध तत्कालै अविश्वास प्रस्ताव ल्याउन नसकिने बताएका छन् ।



आफ्नै निवास बुढानिलकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि तत्काल कुनै निर्णय नगरेको बताए ।

देउवाले कांग्रेससहित विपक्षी दहहरूसँग पर्याप्त संख्या नपुग्ने देखिएकाले तत्काल ओली नेतृत्वको सरकारविरुद्ध अविस्वासको प्रस्ताव ल्याउन नसकिने उल्लेख गरे ।

‘सरकार बनाउन त बहुमत चाहियो । जसपाले निर्णय गरेको छैन । हामीसँग बहुमत छैन के गर्ने ?’ सभापति देउवाले भने ।

नयाँ सरकार बनाउन जसपासँग संवाद भए पनि यसबारे सञ्चारकर्मीहरुलाई जानकारी नदिइने देउवाले खुलासा गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट