नेपालमा कोरोना ग्राफ उच्चः एकैदिन थपिए ५ हजार ७ सय २७ संक्रमित, ३३ को मृत्यु-Sutra News

नेपालमा कोरोना ग्राफ उच्चः एकैदिन थपिए ५ हजार ७ सय २७ संक्रमित, ३३ को मृत्यु

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

काठमाडौ‌ं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



यसै अवधिमा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा मात्रै २ हजार ९ सय ५६ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २४ सय ०४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ९ सय २८ जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।

यसैगरी देशभर पछिल्लो २४ घण्टामा १५ हजार ३ सय ९१ पीसीआर तथा ५ सय २५ एन्टिजेन परीक्षण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट