भेन्टिलेटर र आइसियू कक्षको शुभारम्भ-Sutra News

भेन्टिलेटर र आइसियू कक्षको शुभारम्भ

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

मकवानपुर- वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा स्थापना गरिएको कोभिड-१९ को संक्रमण भएका बिरामीलाई उपचार गर्ने (सघन उपचारकक्ष) आइसियू र भेन्टिलेटर कक्षको आज शुभारम्भ गरेका छन् ।



उक्त उपचार कक्षमा आज दिउँसो १:०० बजेबाट बिरामी भर्ना गरी उपचार सेवालाई निरन्तरता दिइने अस्पतालले जनाएको छ ।

मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिका-६ गौरीटारस्थित कोभिड-१९ का संक्रमित बिरामीका लागि राखिने क्यारेन्टिन कक्षको पनि आजै अनुगमन गरे । उक्त कक्षमा १२० श्ययाको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कोभिड-१९ संक्रमित बिरामीलाई तत्काल उपचार गर्ने आइसियू, भेन्टिलेटर र दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मी उच्च प्राथमिकताका साथ उपलब्ध गराइ तथा उपचार सेवालाई गुणस्तरीय एवं प्रभावकारी बनाउन चिकित्सकलाई निर्देशन दिए ।

उक्त प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालको परिसरभित्र छुट्टै कक्षको व्यवस्थापन गरी आइसियूतर्फ १६ श्यया र भेन्टिलेटरतर्फ छ श्ययाको स्थापना गरिएको डा.सागर काफ्लेले बताए ।

उनका अनुसार यसअघि नै सो अस्पतालको कक्षमा कोभिड-१९ संक्रमित बिरामीलाई उपचार गर्न १० आइसियू श्ययाको स्थापना गरी ती बिरामीलाई चिकित्सकद्वारा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट