सरकारले भन्याे- हामीले सक्दैनौँ, कोरोनाबाट आफ्नो ज्यान बचाउनु-Sutra News

सरकारले भन्याे- हामीले सक्दैनौँ, कोरोनाबाट आफ्नो ज्यान बचाउनु

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई आफ्नो ज्यान आफै बचाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण अत्याधिक बढेकाले अब सरकारले थेग्न नसक्ने बताएको हाे ।



मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमणका रोकथाम र जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेको छ ।

उपत्यकासहित केही बाहिरी जिल्लामा डर लाग्दो तरिकाले संक्रमण फैलिरको भन्दै सरकारले सबैलाई सचेत हुन अपिल गरेको हो ।

सरकारले भन्यो, ‘हामीले थेग्नै नगरी कोरोना संक्रमण बढ्यो, सबैले आफ्नो ज्यान बचाउन अपिल गरिन्छ ।’

शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपत्यकासहित थप १९ जिल्लामा संक्रमण दर डर लाग्दो भएकाले अस्पतालमा राखेर हेरचाह गर्न शैय्या उपलब्ध गराउन नसकिने सरकारले जनाएको छ ।

health-ministry-nepal_tOXeqHj8Cm.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट