काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढेको भन्दै नेपाल र भारतबीचका २२ वटा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो ।
बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवत–जावत गर्न पाइने सिफारिस गरेको छ ।