प्रचण्ड र केपी ओलीको राजनीतिक इगो (दुश्मनी) अहिले आएर सबैभन्दा घातक सिद्ध भएको छ । दुई महिना अगाडिको त्यो मुर्दा राजनीतिक इगोको कारण लाखौं लाख मान्छेको हुल जम्मा गरेर देशमा कोरोना व्यापक फैलाउने काम भयो ।
झलनाथ, माकुने केपी र प्रचण्डबबीचको राजनितीक स्वार्थ र दुश्मनीका कारण यो देशमा यतिबेला दुर्भाग्य निम्तिएको हो । कोरोना फैलाउने नेपाली सिध्याउने फोहोरी खेल खेले ती नेताहरूले सत्ताको लोभमा । अर्का हिन्दु सम्राट भनेर आफूलाई चिनाउने भारतको हरिद्वार कुम्भ मेलामा गएका पूर्वराजा ज्ञानेन्द्र आफैं यतिबेला कोरोना संक्रमणमा परेका छन् ।
त्यस कुम्भ मेलाका सहभागी ८० प्रतिशत सहभागीहरुलाइ कोरोना लागेको तथ्यांक बाहिर आएको छ । पूर्वराजा ज्ञानेन्द्रमा पनि सत्ता लिप्सा ज्यादै चर्को छ । उनी बाहिर देख्दा त मौन बसे जस्तो देखिन्छन् तर भित्रभित्र उनको राजनीति र सत्ता प्राप्तिको छटपटि थामी नसक्नु छ ।
अरु सामान्य बोका नेताहरूमा त मन्त्री हुने चाहनाले पार्टी नै परित्याग गर्ने आदत बसेको छ भने ज्ञानेन्द्र त झन यो देशको पूर्वराजा । उनमा सत्तालिप्सा हुनुलाई सामान्य मान्दा पनि हुन्छ । दुई सय पचास वर्षको बिरासद गुमाउनु चानचुने दुर्घटना पनि थिएन र त्यो मर्मघात ज्ञानेन्द्रकै पालामा हुनु गुरु गोरखनाथले भविष्यवाणी गरे जस्तै प्रमाणित भएको छ ।
राजसस्था बाह्रौ पुस्तामा गएर अन्त हुने छ भनेर गोरखनाथ बाबाले त्यतिबेला नै भविष्यवाणी गरेका थिए रे । अब नेपालमा त्यो राजसस्था फेरि त्यही इतिहास बोकेर फर्केला भनेर आश गर्नु महाभूल हुनेछ । अहिलेसम्म पनि राप्रपाले त्यो झिनो आशा बोकेर राजनीति गरिरहेको छ त्यो एक दिवासप्ना मात्रै हो ।
राजा कार्यकारी भएर फेरि सत्तामा आए भने उनमा फेरि सत्ताको माद लाग्ने छ र फेरि ओरालो लाग्ने छ उनको राजनीति छवि बरु यतिकै पूर्वराजा भएर बस्दा बरु उन्लाइ सम्मान र माया मिलेको छ । अब पनि ‘राजा आउ र देस बचाउ’ भन्नू केटाकेटिहरुलाइ होमवर्क छिटो सक्काउ अनि एकादेशको कथा भन्छु भने जस्तै हो अभिवावकले ।
सत्ताको सिनु वरिपरि घुमिरहने व्यक्ति धर्मात्मा हुनै सक्तैन ती त महापापी हुन किनकि सत्ता लिप्सा एउटा त्यस्तो महारोग र मनोरोग हो जो हिजो महाभारत युद्धमा घटेको कालो इतिहास त हामीले पढेका छौं । कोतपर्वदेखि मदन भण्डारी, दास ढुङ्गाको खेल हुँदै राजदरबार हत्याकान्ड सम्म आइपुग्दा यहाँ रगत र राजनीति एक अर्कासग जोडीएका छन् ।
राजनीति सबैभन्दा फोहोरी खेल हो भन्दाभन्दै पनि जनतालाई फेरि तिनै राजनीतिक पार्टीहरुकोमा शरणार्थी बन्नु बाध्यता छ । एउटा पार्टी नसमाती यहाँ लास उठ्दैन। ‘नो पोलटिक्स’ भन्ने दिन र नेपालमा नेपालीले निर्भय भएर बाच्ने युग कहिले आउला यसैको प्रतीक्षामा छौ हामीराजनीती भनेको समाजसेवा हो भनेर भनिन्छ तर राजनीति सबैभन्दा तुच्छ व्यक्तिको अहंकार हो र कमाइ खाने पेशा हो भन्ने बुझेका छन नेपाली जनताले ।
नेपालमा आजसम्म जति पनि सरकार बने ती जनताको सरकार नभएर पार्टीको मात्रै सरकार बने । कहिले मेरो पार्टीको सरकार बन्ला र सुख सुविधा भोग गरुला भनेर कार्यकर्ता कुरिरहेका हुन्छन् । सरकार भनेको आम नागरिकको आशाको बिम्ब हो र हुनुपर्ने थियो तर त्यसो हुन सकिरहेको छैन ।
माओवादी शान्ति प्रक्रियामा आइसकेपपछि उस्तै उदेश्य बोकेका दुई पार्टी एक त भए तर तिनका स्वार्थ एक हुन सकेन र फेरि झगडा र स्वार्थको घेराउमा पर्यो तिनका निहित उदेश्य । मिलेर प्रधानमन्त्री हुने मिलेर अध्यक्ष चलाउने मिलेर पार्टी चलाउने भनेर सम्झौता गरेको हो भने त्यो सम्झौताको भावना र मर्म अनुरुप काम हुनु जरुरी थियो ।
यहाँ बेमानी कस्ले गरेका हुन प्रचण्डले कि केपी ओलीले अझैसम्म बुझ्न सकिएको छैन । यदि त्यस्तै सम्झौता भएको थियो भने सम्झौताको त्यो दस्तावेज किन प्रचण्डले बाहिर सार्वजनिक गर्न सकेनन् । अहिले प्रचण्ड र केपी ओलीको झगडाले यो दुरावस्था निम्तिएको छ । कार्यपालिका र ब्यबस्थापिका मात्रै होइन इतिहासमा नेपालको न्यायपालिका समेत विवादास्पद बन्न पुगेको छ ।
नेताहरुको निहित स्वार्थ र अहन्कारको रक्षा गर्न बाध्य पारिएको छ न्यायलयलार्इ । सत्ता खोस्न खोज्ने प्रचण्ड र सत्तामोहमा लिप्त हुने केपी ओलीको राजनीतिक चरीत्रका कारण हो अहिलेको कोरोनाको विध्वंस आगो फैलिनु ।
त्योभन्दा अगाडि कोरोना नियन्त्रणमा आइसकेको थियो । मानिसहरू सामान्य जीवनमा फर्किएका थिए । नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई दैनिकी भत्ता उपलब्ध गराएर बसमा चढाएर सबले उर्दी जारी गरे कि सडकमा आउन ।
कान्तिपुरको खाल्डामा भीड जम्मा गरे । एउटा जिल्लाबाट कम्तिमा चालीस बस मान्छे उतारे राज्यको ढुकुटी दोहन गरेर । जनताले तिरेको कर विकास निर्माणमा खर्च गर्नुको अलवा कार्यकर्तालाई सत्ता जोगाउन र सत्ता खोस्नमा प्रयोग गरियो ।
दैनिकी भत्ता प्राप्ती र मासु भात खान पाउने लोभमा पुर्व ताप्लेजुङको हाङपाङदेखि पश्चिम महाकाली कंचनपुरको बेलौरीदेखिका मान्छेहरु ट्रक ट्रकमा र बस बसमा ओसार्ने काम भो । कस्का पक्षमा कति लाख जनलहर भन्ने इगो प्रचण्ड र केपी दुवै नेतामा देखिएको थियो । आज त्यसैको घातक परिणाम कोभिड आतंक नेपालीले भोग्न परिरहेको छ ।
त्यो विकराल भीडमा कतिले कतिलाई कोरोना सारे त्यस्को परिणाम अहिले निस्किरगेको छ । सत्तामा रहेकालाइ हटाउने खेल नयाँ होइन अनि सत्ता बाहिर बसेकाले सत्ता प्राप्तिको अनेकौं बाटो अप्नाउछन् । सत्ताको खेलमा जनता मर्छन । मारिन्छन् । मरेकालाइ सहिद भन्न लगाउँछन । त्यसमा पनि राजनीति छ ।
जनताहरु अनाहकमा प्रयोग हुन्छन् । जनताको लागि भनेर राजनीति गर्छु भन्ने नेताले रातारात करोडौं कमाउदा त्यो भोटरको जिन्दगी नालिको नालिमै हुन्छ । भोट दिने खाल्डामै हुन्छ । भोट पाएर चुनाव जित्ने नेता प्रगतिको त्यो शिखरमा हुन्छ जाहा उस्लाई अब अरु सामान्यले भेट्न् पनि सक्तैन ।
त्यसकारण पनि संसदीय व्यवस्था नै ठिक होइन भन्ने संकाको घेरोमा परेको छ । नेपालगन्जका डाक्टरको चीत्कार र रोदन देखिरहेका छन् प्रचण्ड र केपी ओलीले । त्यो हस्पिटलमा दरबन्दीभन्दा धेरै कम कर्मचारीले काम गरिरहेका छन् । देशमा लाखौं बेरोजगार नर्सहरु छन् । राज्यले तिनलाइ रोजगार दिन सकिरहेको छैन । उता अस्पतालमा नर्सको अभावमा कोरोनाका बिमारी उपचार नपाएर मरिरहेका छन्।
यो राज्यको दायित्व होइन र ? देशमा भएका अक्सिजन उत्पादन कम्पनीलार्इ थिलथिलो हुने गरेर कर लगाउने अनि यतिबेला अक्सिजनको कमि भो भनेर सरकारले चिच्याउनु र भारतलाई गुहार्नु कति नमीठो हो, कति लज्जास्पद कुरा हो ? सरकारले आन्तरिक उद्योगलाई कहिले पनि प्राथमिकता पारेन । जहिले पनि सत्ता टिकाउने निहुँमा भारतको गुलामी गरिरह्यो सरकारले र मुलुक भित्रको उद्योगलाई सौतेनी ब्यवहार गरिरह्यो ।
नेपालको राजनीतिले ब्युरोक्र्याट्स समेत प्रभावित बनिरह्यो । शरीर नेपाल भए पनि प्राण चाहिँ भारती भएपछि त्यस्ता मानिसहरूले फेरि किन रास्ट्रवादको नारा लगाउनु ! राष्ट्र भनेको भूगोल मात्रै होइन । भूगोलभित्रका जनता हुन र जनताको सपना पूरा गर्ने एक मात्रै जिम्मेवारी चुनावबाट चुनिएर गएका जनप्रतिनिधि हुन भन्ने कुरा सबैलाई चेत छ । र पनि नेपाली जनता यतिखेर विवशताको आँसु पिउन बाध्य छन् ।
१२ बुँदे सम्झौता दिल्लीमा भारतीय सरकारको निर्देशनमा भएको थियो भने नेपालको शान्ति प्रक्रियाको जस भारतले लिन खोज्यो र संविधान निर्माण प्रक्रियामा समेत भारतीय हस्तक्षेपलाई नेपालका राजनीतिक पार्टीले सह्यो भने नेपालका कुन राजनीतिक पार्टीमा राष्ट्रवादी भावना छ त ?
हिजो सत्ता टीकाउन र सत्ता खोस्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई काठमाडौंमा उतार्ने प्रचण्ड र केपी ओली सरकारले जनतालाई तीन दिनभित्र उपत्यका छोड्नु भनेर उर्दी लगाउँदा कमसेकम बसको व्यवस्थापनसम्म गरिदिएका भए जनताले कति आशीर्वाद दिन्थे होलान् ?
आफूलाइ चाँहिदा लिन जाने, मासुभात पनि ख्वाउने अनि नचाहिंदा चाहिँ तीन दिनभित्र उपत्यका छोडेर जा भन्नू र यातायातको पनि व्यवस्थापन नगर्नु कति उचित थियो ? कोरोनाको यो दुःखद् घडि निम्त्याउन सहयोग पुर्याउने नेपालका सबै राजनीतिक पार्टीहरुलाइ मुर्दावाद भन्दा कुनै फरक नपर्ला !
जनताको आँसु पुछ्नु त परैको कुरा आपत्कालीन अवस्थामा जनसेवामा लाग्नुको अलवा दुलोभित्र छिर्ने माधवकुमारदेखि प्रचण्ड पथका कार्यकर्ता अनि केपी बाको अभिवावकत्वलाई जनताले आगामी चुनावमा यस्को हिसाबकिताब त पक्कै लिने छन्।
केपी बा आफ्नो सत्ता जसरी पनि लम्ब्याउने योजनामा रत्तिएका छन् अनि आफ्नै पार्टीका प्रमुख नेताहरु आफ्नै पार्टीको प्रतिपक्षी बनिरहेको उनलाई हेक्का समेत नहुनु पनि यो एक प्रकारको राजनीतिक तमासा पनि हो ।
सत्ता मोहमा अन्धो हुनु स्वाभाविक भए पनि हद भन्दामाथि गएर जनता चिढाउने काम गर्नु चै अराजक नै हो । भनिन्छ, प्रेम र युद्धमा सबै कुरा जायज । तर अहिले राजनीतिमा चैं सबै जाहेज हुन्छ भन्ने कुरा नेपाली राजनीतिले हामीलाई सिकाइरहेको छ ।
प्रचण्डको प्रचण्ड ताप आफ्नै कारण सेलाउदै गएको छ र केपी ओली राजनीतिमा ज्याद्रो छन् । उनी अरुलाइ मिचेर आफ्नै ढिपीमा राज्यसत्तामा हालीमुहाली गर्न चाहन्छन् । यी दुवैको राजनीतिक दुश्मनीले यतिबेला नेपाली जनताले भोग्न परेको यो महामारीको तीतो सत्य जनताको आँखाबाट अश्रुधारा भएर बगिरहेको छ ।