कोरोना ग्राफमा दैनिक वृद्धि, एकैदिन ५७ सय ६३ जना संक्रमित, १९ को मृत्यु-Sutra News

कोरोना ग्राफमा दैनिक वृद्धि, एकैदिन ५७ सय ६३ जना संक्रमित, १९ को मृत्यु

शनिबार, १८ बैशाख २०७८

शनिबार, १८ बैशाख २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा मात्रै २४ सय ९५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १९ सय ३२, ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १२८७ जना निको भएका छन् । यसैगरी देशभर पछिल्लो २४ घण्टामा १४ हजार ४०३ पीसीआर तथा ५६६ एन्टिजेन परीक्षण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट