काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।
दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने पोखरेलले बताएका छन् ।
जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ । नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिएको बताए ।