कञ्चनपुर- कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमकाअनुसार लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका-५ इमलियाका २१ वर्षीय गोपाल राना छन् ।
हमाललाई बेलडाँडी गाउँपालिका-३ सिमलडाँडी क्षेत्रबाट १०.३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । यसैगरी रानालाई से१प ५०१८ नंको मोटरसाइकलमा आउँदै गरेको बेला जाँच गर्दा ३.९० ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।
रानालाई मोटरसाइकलसहित पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । ब्राउन सुगरसहित पक्राउ परेका हमालमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।