लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य-Sutra News

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडाैं- लुम्बिनी प्रदेशको आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।



लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा पेस गरेकोले उक्त अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मुख्यमन्त्रीबाट प्राप्त सिफारिस प्राप्त भएकोले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल वैशाख १९ गते आइतबार दिउँसो १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयले सूचना निकालेर जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट