काठमाडौं- नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई आइतबार नै शपथ गराउने कार्यक्रम रहेको लुम्बिनी प्रदेशसभाका एक सदस्यले बताए ।
अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने भएपछि पोखरेलले आइतबार बिहान राजीनामा दिएका थिए ।
संसदीय दलको बैठकमा उनले बहुमत प्राप्त दलको हैसियतमा सरकार बनाउने ब्रिफिङ गरेका थिए ।