ओली पक्षका नेताहरू नै सरकारप्रति असन्तुष्ट, कोरोना नियन्त्रणमा ध्यान नदिएको आरोप-Sutra News

ओली पक्षका नेताहरू नै सरकारप्रति असन्तुष्ट, कोरोना नियन्त्रणमा ध्यान नदिएको आरोप

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडौं- सत्तारुढ नेकपा एमालेको स्थायी कमिटिको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सम्पन्न भएको हो ।



प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकपछि पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘बैठकले कोभिड बिरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, शैय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रवन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।,’ 

साथै पार्टीको सबै कमिटीलाई कोभिडविरुद्धको लडाइँ लड्न पनि नेतृत्वले निर्देशन दिएको छ । 

181060242_3042132586074016_5588633224440602453_n.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट